२३ कात्र्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनले रौतहट जिल्ला शोकमा डुबेको छ ।
लामो समयदेखि पार्टीमा प्रभावशाली नेताको छवि बनाएका आलमको शुक्रबार राति काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा निधन भएपछि उहाँको सम्मानमा जिल्लाका चारवटा नगरपालिकाले आइतबार शोक बिदाको घोषणा गरेका छन् ।
राजपुर नगरपालिका, परोहा नगरपालिका, ईशनाथ नगरपालिका र बौधीमाई नगरपालिकाले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै आज एक दिनका लागि नगरपालिकाका सम्पूर्ण कार्यालय र मातहतका निकायहरूमा कामकाज स्थगन गरी शोक मनाएका छन् । यी नगरपालिकाहरूले दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।















