Logo

२३ कात्र्तिक, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो लागेर बन्द भएको छ ।

यस दिन नेप्से परिसूचक ३० दशमलव ०२ अङ्कले घटेर २५६६ दशमलव ०९ विन्दुमा झरेको छ, जससँगै सेन्सेटिभ इण्डेक्ससहित फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि घटेका छन् । परिसूचका साथै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार कित्ता सेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भयो, जुन गत साताको आइतबारको ५ अर्ब ४१ करोड रुपैयाँको कारोबारभन्दा कम हो।

कारोबारमा आएका नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन्, जसमा वित्त उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ९१ प्रतिशतले ओरालो लागेको छ । यद्यपि समग्र बजार घटे पनि दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिस्टिलरीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो, जसको २७ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो।


सम्बन्धित समाचार