२३ कात्र्तिक, काठमाडौँ । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको आगलागीले क्षतिग्रस्त भवन भत्काउने क्रममा आज एक जनाको मृत्यु भएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीको शिकार बनेको उक्त भवनको मर्मत तथा भग्नावशेष हटाउने क्रममा यो दुर्घटना भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, सो क्रममा गम्भीर घाइते भएका दुईमध्ये एक जनालाई उद्धारपश्चात् उपचारका लागि अस्पताल लगिएकोमा उनको निधन भएको हो । दुर्घटनाको थप विवरण तथा मृतकको पहिचानबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।















