२३ कात्तिक,वीरगञ्ज । नारायणी अस्पतालमा भएको भनिएको चरम अनियमितता र राज्यकोष दुरुपयोगबारे छानबिनको माग गर्दै जेनजी समूह पर्साका युवाले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।ज्ञापनपत्रमा अस्पतालका उपकरण खरिदमा नियमविपरीत प्रक्रिया अपनाइएका, मूल्याङ्कन मनपरी गरिएको र सामग्री नआउँदै भुक्तानी गरिएको आरोप लगाइएको छ।
अक्सिजन प्लान्ट, एमआरआई, सिटी स्क्यान, क्याथ ल्याबलगायत उपकरण खरिदको मूल्य, गुणस्तर र प्रयोग अवस्थाको छानबिन गर्न माग गरिएको छ।समूहले खरिद समितिका पदाधिकारी, लेखा शाखा र अस्पतालका प्रमुख अधिकारीमाथि अख्तियार ऐनअनुसार कारबाही गर्न माग गर्दै ज्ञापनपत्रको प्रतिलिपि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वास्थ्य मन्त्रालयमा समेत पठाएको छ।
उनले भनेका छन्, “नारायणी अस्पताल जनताको विश्वासको केन्द्र हो। त्यहाँ हुने अनियमितता नागरिकको स्वास्थ्य अधिकारमाथिको आघात हो।”

















