२३ कात्तिक,काठमाडौं । फिलिपिन्सले कालमेगी आँधीको विनाशको केही दिनपछि अब सुपर टाइफुन फङ वोङको सामना गरिरहेको छ। यो आँधी देशको सबैभन्दा ठूलो टापु लुजोन तर्फ बढिरहेको छ, जहाँ अधिकांश जनसंख्या बसोबास गर्छ।
आइतबार बिहान पूर्वी बिकोल क्षेत्र सबैभन्दा पहिले प्रभावित भएको थियो। टापुमा यस आँधी आइतबार रातिसम्ममा पुग्ने अनुमान गरिएको छ।फिलिपिन्सको मौसम सेवा पागासाका अनुसार, टाइफुन फङ वोङले प्रति घण्टा १८५ किलोमिटर (१५५ माइल) को गतिमा हावा चलाउने र भारी वर्षा हुने सम्भावना छ।
स्थानीय रूपमा यस आँधीलाई उवान भनिन्छ र यसलाई सुपर टाइफुन को दर्जा दिइएको छ।फिलिपिन्सले केही दिनअघि कालमेगी आँधीको विनाश भोगेको थियो, जसले करिब २०० जनाको ज्यान लिएको थियो। त्यसैले फङ वोङले थप विनाश निम्त्याउन सक्ने भन्दै अधिकारीहरूले सतर्कता अपनाउन आह्वान गरेका छन्।
स्थानिय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, आपतकालीन तयारीमा जुट्ने र मौसमका अपडेटलाई नियमित रूपमा अनुगमन गर्ने निर्देशन दिइएको छ।

















