२४ कात्र्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः उकालो यात्रा सुरु गरेको छ, जसले लगानीकर्ता र उपभोक्ता दुवैलाई प्रभावित पारेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ एकैदिनमा प्रतितोला २ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर आज २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
पछिल्ला पाँच दिनदेखि सुनको भाउ निरन्तर बढ्दै गएको छ । कात्तिक १९ गते २ लाख ३७ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य त्यसयता ४ हजार ३ सय रुपैयाँ ले बढिसकेको छ। यद्यपि, यो मूल्य असोज ३१ गते कायम भएको हालसम्मकै उच्च रेकर्ड ९२ लाख ५८ हजार रुपैयाँ० भन्दा भने कम नै छ । सुनसँगै चाँदीको भाउमा पनि वृद्धि भएको छ । आइतबार प्रतितोला ३०१५ रुपैयाँ रहेको चाँदी आज ५० रुपैयाँ ले बढेर ३०६५ रुपैयाँ पुगेको छ।
चाँदीको हालसम्मको उच्च रेकर्ड असोज ३१ गते प्रतितोला ३३५० रुपैयाँ रहेको थियो । बजारमा मूल्यमा आएको यो उछालले बहुमूल्य धातुको कारोबारमा नयाँ तरंग ल्याएको छ।

















