२४ कात्र्तिक, काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधि सभाका आफ्ना सांसदहरूको संसदीय दलको बैठक आह्वान गरेको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाको आह्वानमा यो बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ । प्रतिनिधिसभा विघटन भइसकेको ‘असामान्य र जटिल परिस्थिति’ मा मुलुकलाई लोकतान्त्रिक र संवैधानिक निकास दिनका लागि पार्टीले खेल्नुपर्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको नेता बर्तौलाले जानकारी दिएका छन् ।
प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पनि एमालेले आफ्ना सांसदहरूलाई भेला गरेर वर्तमान राजनीतिक गतिरोध र भावी रणनीतिबारे गहन छलफल गर्ने तयारी गरेको देखिन्छ ।















