२४ कात्र्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आगामी निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार बन्न इच्छुकले ५० हजार रुपैयाँ आवेदन शुल्क लिदनुपर्ने भएको छ ।
पार्टीले कात्तिक २२ गतेदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको हो । जसमा ५० हजार रुपैंया आवेदन शुल्क तोकिएको छ । पार्टीका सहमहामन्त्री विपीन आचार्यका अनुसार समानुपातिकको बन्द सूचीमा परे पनि दलले प्राप्त गरेको मतको आधारमा उम्मेदवार चयन हुन नसकेमा बुझाएको यो शुल्क फिर्ता हुने छैन ।
रास्वपाले उम्मेदवार छनोटका लागि कडा मापदण्डहरू तय गरेको छ। यसअघिको निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनेका व्यक्तिहरूले यसपटक मौका पाउने छैनन् । उम्मेदवार हुन चाहनेहरूले सार्वजनिक पदको दुरुपयोग नगरेको, द्वेष फैलाउने गतिविधिमा संलग्न नरहेको र वैध आयस्रोत भएको स्वघोषणा गर्नुपर्नेछ । पार्टीले अनलाइन वा भौतिक रूपमा आवेदन पेस गर्न सकिने जनाएको छ ।
उम्मेदवारको अन्तिम सूची तयार गर्दा लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी लगायतका विधिहरूका साथै प्रारम्भिक निर्वाचनबाट प्राप्त भोटलाई समेत आधार मानिनेछ ।















