२४ कात्र्तिक, काठमाडौं । काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा नयाँ राजनीतिक दल गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
यस पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ, जबकि यसअघि ‘नेपाल जनसेवा पार्टी’ राख्ने विषयमा सहमति भएको थियो। पार्टीको चुनाव चिह्न भने घिसिङको पहिचानसँग मिल्दोजुल्दो ‘बिजुलीको चिम’ नै रहने निश्चित भएको छ ।
पार्टी दर्ता प्रक्रियाका लागि तत्काललाई पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिने भएको छ। पार्टीमा तत्काल कुनै पदाधिकारी रहने छैनन् । घिसिङनिकट एक नेताका अनुसार, सुमना श्रेष्ठ लगायत केही पदाधिकारीमा रहने साथीहरू दोस्रो चरणमा जोडिनेछन्। हाल केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नाम टुङ्ग्याउने काम भइरहेको छ र सम्भव भए आजै निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रयास गरिने, अन्यथा भोलि दर्ता गरिने जनाइएको छ ।















