Logo

२४ कात्र्तिक, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्ड जंगली हात्तीको आतंकले त्रसित बनेको छ ।

आइतबार बेलुकादेखि नै जितपुरसिमरा उपमहानगरपालिका–१६ क्षेत्रमा देखिएको सो जंगली हात्तीले सोमबार बिहान एक ट्रक चालकको ज्यान लिएको छ ।

सोमबार बिहान ८ बजेको समयमा ना ४ ख १८३० नम्बरको ट्रकका चालक, जितपुरसिमरा–१ का करिब ४० वर्षीय राजकुमार चौधरीलाई हात्तीले आक्रमण गरेको हो । ट्रकबाट हाम्फालेर भाग्न खोज्दा हात्तीको आक्रमणमा परी चौधरीको घटनास्थलमै मृत्यु भएको बारा प्रहरीले पुष्टि गरेको छ । प्रशासनले बेलुकादेखि नै हात्तीको आतंकका कारण वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरे पनि केही गाडी चालकले अटेर गर्दा यो दुखद घटना भएको प्रहरीको भनाइ छ ।
पथलैया–निजगढ सडकखण्डको पिलुवा र निजगढ क्षेत्रको बीचमा हात्तीले आतंक मच्चाएको थियो ।

राजमार्ग क्षेत्रबाट हात्ती धपाउनका लागि बारा र चितवनबाट समेत हात्ती सहितको टोली परिचालन गरिएको थियो । टोली परिचालन र धपाउने प्रयासपछि सोमबार दिउँसो १२ः३० बजेबाट मात्र उक्त राजमार्गमा सवारी आवागमन पुनः सुरु भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै