Logo

२४ कात्तिक,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । उनले प्रदेश प्रमुख भण्डारीले ‘देशकै बदनाम हुने गरी गैरराजनीतिक शैलीमा’ काम गरेको आरोप लगाउँदै राष्ट्रपति र सरकारले उनलाई हटाउनुपर्ने बताएका हुन् ।

मंगलबार पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै यादवले प्रदेश प्रमुखले “लुकेर, भागेर चिया पसलमा मुख्यमन्त्री नियुक्त गर्ने” जस्तो लज्जास्पद काम गरेको भन्दै त्यसले प्रदेशको गरिमा नै ध्वस्त पारेको बताए । उनका अनुसार, यस्तो कार्यले संघीयताको सम्मान र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको छ ।

अध्यक्ष यादवले थपे, “गैरराजनीतिक र छापामार शैलीमा मुख्यमन्त्री नियुक्ति हुनु देशकै लागि अपमानजनक हो । यस्तो व्यक्तिलाई पदमा राख्नुको अर्थ नै छैन, तुरुन्त बर्खास्त गर्नुपर्छ ।”

यादवले एमालेमाथि मधेसको सत्ता कब्जा गर्न खोजेको आरोप पनि लगाए । उनका शब्दमा, “एमालेले प्रदेश प्रमुख र सभामुख मिलेर मधेसमा शासन गर्ने सपना देख्दैछ, तर त्यो सम्भव हुँदैन । देश नै एमालेका कारण बर्बादीको दिशातर्फ गएको छ ।”


सम्बन्धित समाचार
भर्खरै