२४ कात्र्तिक, काठमाडौं । नेपालको सेयरबजारमा गिरावट जारी रहँदा आज नेप्से परिसूचक ५ दमशलव ८० अंकले घटेर २५६० दशमलव २९ विन्दुमा पुगी कारोबार बन्द भएको छ ।
बजार घटे पनि कारोबार रकम भने ४ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ, जहाँ ८६ लाख कित्ता सेयर बिक्री भएका छन् । आज बजारमा घटेका कम्पनीको संख्या बढेको छ । ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५१ वटाको घटेको छ र ११ वटाको स्थिर रहेको छ । मूल्य बढ्ने कम्पनीहरूमा दरम खोला हाइड्रो, सागर डिस्टिलरी, बुंगल हाइड्रो, माबिलुङ इनर्जी र सिटी होटल्सको ९ प्रतिशतभन्दा बढीको वृद्धिदर देखिएको छ ।
मूल्य घट्नेमा भने उन्नति सहकार्यको १० प्रतिशतले ठूलो गिरावट आएको छ। त्यसैगरी, रुरु जलविद्युत् परियोजना, धौलागिरि लघुवित्त, उपकार लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्स लगायतका कम्पनीहरूको मूल्य पनि उल्लेख्य रूपमा घटेको छ । कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सबैभन्दा बढी (४८ करोड रुपैयाँ) को कारोबार भएको छ ।
समूहगत सूचकहरूमा आज होटल तथा पर्यटन, लगानी र व्यापार क्षेत्रका सूचकहरू मात्र क्रमशः १.६४, ०.१० र ०.५५ प्रतिशतले बढेका छन्। बाँकी सबै उप-समूहहरूमा भने गिरावट आएको छ ।















