२४ कात्तिक,काठमाडौं । मधेश प्रदेशमा सरकार गठनविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर भएको छ । रक्कीप्रसाद साह र सुजित यादवले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
रिटमा संविधानको धारा १६८ को उपधारा २ अझै जीवित रहेको अवस्थामा उपधारा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक भएको उल्लेख गरिएको छ। वादीहरूले यसलाई संवैधानिक उल्लंघनको विषय भएको दाबी गरेका छन् । अहिले सर्वोच्च अदालतले रिटको प्रारम्भिक सुनुवाइको मिति तोकिन बाँकी रहेको छ ।















