Logo

२४ कात्र्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउने प्रयासको कडा आलोचना गरेकी छन् ।

हदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोषको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले धार्मिक आस्था र परम्परा बोकेको यस संस्थामा राजनीतिक कार्यकर्तालाई भर्ती गर्नु गलत भएको बताइन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा परिषद्को बैठक बस्ने कानुनी व्यवस्था भए पनि प्रधानमन्त्रीसमेत रहेकी कार्कीले बैठकको अध्यक्षता गरेकी थिइन् ।

उनले भनिन्, ‘धार्मिक संस्थाका आफ्नै नियम र मूल्यहरू हुन्छन्। परम्परागत मान्यता र रीतिथितिहरू हुन्छन् । ती हाम्रा मौलिक संस्कृति हुन्। यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायाँमा राख्न खोज्नु गलत हो।’ उनले पशुपति क्षेत्रमा काम गर्ने व्यक्ति धार्मिक आस्थाको हुनुपर्ने र त्यहाँ बसेर राजनीतिको आस्था बढाउन नहुनेमा जोड दिइन् ।


सम्बन्धित समाचार
भर्खरै