२४ कात्तिक,वीरगञ्ज । मुर्ली पोखरीको प्राङ्गणमा आज त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत वीरगंज नर्सिङ क्याम्पस, पर्साद्वारा आयोजित स्वास्थ्य प्रदर्शनी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह हुनुहुन्थ्यो। मेयर सिंहले स्वास्थ्य शिक्षा र चेतनाको प्रसारका यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै नर्सिङ विद्यार्थीहरूलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा गर्न प्रेरणा प्रदान गर्नुभयो।
विशिष्ट अतिथि रूपमा कल्पना पौडेल, वीरगंज नर्सिङ क्याम्पसकी प्रमुख, क्याम्पसका प्राध्यापक, विद्यार्थी, विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू र स्थानीय बासिन्दाहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रदर्शनीमा विद्यार्थीहरूले जनचेतनामूलक मोडेलमार्फत पोषक आहार, सरसफाइ, मातृ–शिशु स्वास्थ्य, रक्तचाप, मधुमेह, मानसिक स्वास्थ्य र अन्य रोग रोकथामका उपायहरूबारे जानकारी प्रस्तुत गरेका थिए।
कार्यक्रममा वीरगंज महानगरपालिका वडा कार्यालय मुर्ली–१२ र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जले सहयोग प्रदान गरेका थिए।
समापन सत्रमा आयोजक समितिले सहभागी विद्यार्थी र सहयोगी संस्थाहरूप्रति धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य र सामाजिक उत्तरदायित्वप्रति निरन्तर सक्रिय रहिरहने प्रतिबद्धता व्यक्त गरेको थियो।















