Logo

लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्य सेवातर्फ कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ।

आज प्रकाशित सूचना अनुसार, निजामती सेवातर्फ प्राविधिकको राजपत्राङ्कित तृतीय श्रेणी तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका विभिन्न पदहरूमा गरी कुल १७० जना कर्मचारीका लागि आवेदन खुला गरिएको हो ।
योग्य र इच्छुक नेपाली नागरिकहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट आवेदन फाराम भर्न सक्नेछन् । साधारण शुल्कमा आवेदन दिने अन्तिम मिति आगामी मङ्सिर १६ गतेसम्म तोकिएको छ, भने दोब्बर दस्तुर तिरेर मङ्सिर २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।


सम्बन्धित समाचार
भर्खरै