२६ कात्र्तिक, काठमाडौं । वामदेव गौतमले नेतृत्व गरेको नेकपा ‘नेकपा एकीकरण अभियान’ लाई निर्वाचन आयोगले औपचारिक रूपमा खारेज गरेको छ ।
गौतमले हालै ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरेपछि आफू नेतृत्वको उक्त पुरानो पार्टी खारेज गर्नका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा आयोगले पार्टी खारेज गर्ने निर्णय गरेको हो । तत्कालीन नेकपाको विभाजनका समयमा गौतमले एमाले, माओवादी केन्द्र वा एकीकृत समाजवादी कतै पनि संलग्न नभई आफ्नो छुट्टै नेतृत्वमा नेकपा एकीकरण अभियान गठन गरेका थिए ।
पछिल्लो समय उनी नेकपा एकीकृत समाजवादी हुँदै नयाँ गठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्, जहाँ उनी अहिले चौथो वरीयतामा रहेका छन् ।















