Logo

२६ कात्र्तिक, काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नेपाललाई औपचारिक रूपमा दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ ।

यससँगै नेपालको राजनीतिक परिदृश्यमा अर्को नयाँ दल थपिएको छ । कवीर सोपको अध्यक्षतामा रहेको यस पार्टीले आफ्नो चुनाव चिन्ह ‘जाँतो’ प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टी नेपालले गत कात्तिक १३ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । आयोगले सबै आवश्यक प्रक्रिया र अध्ययन पूरा गरी यस पार्टीलाई दर्ताको प्रमाणपत्र दिएको हो ।

यो दर्तासँगै निर्वाचन आयोगमा कुल दर्ता भएका दलहरूको संख्या १२६ पुगेको छ । यसबाहेक, हाल २९ वटा नयाँ दलहरूले दर्ताका लागि निवेदन दिएका छन्, जसले नेपालमा राजनीतिक दलहरूको संख्या निरन्तर बढिरहेको देखाउँछ ।
हालै भएको जेनजी आन्दोलनपछि दर्ता हुने दलहरूको लहरमा नागरिक उन्मुक्ति पार्टी नेपाल पाँचौँ दल बनेको छ ।

यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी र सीके राउतको जनमतबाट विभाजित भएको जनस्वराज पार्टी लगायतका दलहरूले पनि आयोगबाट दल दर्ताको प्रमाणपत्र लिइसकेका छन् ।


सम्बन्धित समाचार