२६ कात्र्तिक, काठमाडौं । नेकपा एमालेबाट अलग भई केही समयदेखि ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरिरहेका वरिष्ठ कम्युनिस्ट नेता भीम रावल औपचारिक रूपमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी मा समाहित भएका छन् ।
लामो समयको राजनीतिक यात्रापछि रावलले आज सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सो पार्टीमा प्रवेश गरेका हुन् । यो महत्त्वपूर्ण राजनीतिक कदमका लागि तयार गरिएको सहमति पत्र मा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, र मातृभूमि जागरण अभियान नेपालका तर्फबाट प्रस्ताव भीम रावल ले हस्ताक्षर गरेका छन् । यस हस्ताक्षरसँगै अब रावलको मातृभूमि जागरण अभियान औपचारिक रूपमा प्रचण्ड नेतृत्वको पार्टीभित्र विलय भएको छ ।
यस एकताको औपचारिक घोषणा अब केहीबेरमा राष्ट्रिय सभागृहमा आयोजना हुने एक विशेष समारोहबाट गरिने कार्यक्रम रहेको छ । रावलको प्रवेशले नेपाली कम्युनिस्ट पार्टीभित्र सङ्गठनात्मक बल र राजनीतिक उचाइ थप्ने अपेक्षा गरिएको छ । एमाले विभाजनपछि फरक बाटो हिँडेका रावलको यो निर्णयले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ आयाम थपेको विश्लेषण गरिएको छ ।
















