Logo

२६ कात्तिक,बारा । बाराको प्रसौनी क्षेत्रमा अवैध रक्सी भट्टीहरू खुलेआम सञ्चालनमा रहेका छन्। इलाका प्रहरी कार्यालय प्रसौनीको संरक्षणमा अवैध रक्सीभट्टीहरु संचालनमा रहेका हुन ।ईलाका प्रहरी कार्यालयले घुमुवा खटाएर अवैध रक्सी भट्टीका संचालकहरुस्ंग महिनावारी रकम असुल्दै आएको छ ।

ईलाका प्रहरी कार्यालयले रक्सी भट्टीहरूबाट मासिक रूपमा रु ५,००० देखि २०,००० सम्म रकम असुल्ने गरेको स्वयं रक्सी भट्टी संचालकहरुले बताएका छन । प्रसौनी क्षेत्रमा झण्डै एक दर्जन अवैध रक्सी भट्टीहरु संचालनमा रहेकोे प्रहरी स्रोतको दाबी छ ।

प्रसौनीमा सागर,आलोक,चिरञ्जीवी ,कृष्ण , मिश्री लगायतका व्यक्तिहरुले प्रहरीको संरक्षणमा रक्सी भट्टी संचालन गर्दै आएको स्थानीयले बताएका छन ।स्थानीयले रक्सी भट्टी बन्द गराउन बारम्बार उजुरी गरे पनि सम्बन्धित निकायबाट कुनै कारबाही नभएको गुनासो गरेका छन्।

एक स्थानीयले भने, “प्रहरीकै आँखा अगाडि अवैध रक्सी बनाउन पाइन्छ, किनभने उनीहरूकै आशीर्वादमा यो धन्दा चलिरहेको छ।”स्थानीय नागरिक र सरोकारवाला निकायले अवैध रक्सी भट्टी तत्काल नष्टगर्न माग गरेका छन ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले रक्सी भट्टीहरु तत्काल नष्ट गरिने प्रतिक्रिया दिए ।


सम्बन्धित समाचार
भर्खरै