Logo

२६ कात्तिक,वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा बिहीबारदेखि पत्रकारहरूका लागि हैजाविरुद्धको खोप शिविर सञ्चालन हुने भएको छ।

महासंघका अनुसार खोप कार्यक्रम कात्तिक २७ गते, बिहीबार बिहान ११ बजे देखि सुरु हुनेछ। खोप कार्यक्रम क्लासिक ब्याङ्केट, आर्मी ब्यारेकको उत्तर, वीरगञ्जमा सञ्चालन गरिनेछ।महासंघले हालसम्म हैजाविरुद्धको खोप नलिएका पत्रकारहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ। साथै, पत्रकारहरूले आफ्ना परिवारका सदस्य र आफन्तहरूलाई समेत खोपका लागि ल्याउन सक्ने जनाइएको छ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले सबै पत्रकारलाई स्वास्थ्य सुरक्षाका दृष्टिले खोप कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।महासंघका अनुसार हैजा संक्रमणको जोखिम न्यूनीकरण गर्न र सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नका लागि यो खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो।


सम्बन्धित समाचार