२७ कात्र्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउले एकपटक फेरि ऐतिहासिक उछाल हासिल गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकिएको छ, जसले साढे २ लाखको आँकडा पार गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एकैदिनमा ५ हजार ९ सय रुपैयाँ ले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४२०० डलर नाघेपछि त्यसको सीधा असर नेपाली बजारमा देखिएको हो । यसअघि असोज ३१ गते नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड कायम छ ।
यस वृद्धिसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य बढोत्तरी आएको छ । महासंघका अनुसार, बिहीबार चाँदीको मूल्य प्रतितोला ३३४५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा १७० रुपैयाँ बढेको हो । असोज ३१ गते चाँदीको भाउले प्रतितोला ३३५० रुपैयाँको रेकर्ड बनाएको थियो, जसको नजिक हालको मूल्य पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यमा देखिएको यो वृद्धिले गर्दा नेपाली बजारमा सुनचाँदीको भाउमा उच्च उतारचढाव आइरहेको महासंघले जनाएको छ ।















