Logo

२७ कात्र्तिक, काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीबारे गहन छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आज बोलाएको छ ।

आयोगले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई केन्द्रमा राखेर दलहरूसँग राय परामर्श गर्न लागेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएको जानकारीअनुसार, आयोगले दलहरूलाई आज बिहान साढे ११ बजे छलफलका लागि बोलाएको छ । यस भेटवार्तामा आयोग र राजनीतिक दलहरूबिच निर्वाचनको समग्र तयारी, आचारसंहिता, सुरक्षा व्यवस्थापन लगायतका विविध विषयमा गहन छलफल हुने कार्यक्रम रहेको छ ।

यसअघि पनि निर्वाचन आयोगले गत असोज ३० गते दलहरूसँग निर्वाचन तयारीसम्बन्धी प्रारम्भिक छलफल गरेको थियो । निर्वाचनको मिति नजिकिँदै गर्दा आयोगले सम्पूर्ण सरोकारवालाहरूसँगको समन्वयलाई तीव्र पारेको सन्दर्भमा आजको यो छलफललाई महत्त्वपूर्ण रूपमा लिइएको छ ।


सम्बन्धित समाचार