Logo

२७ कात्तिक,वीरगञ्ज । पर्साको पकहाँमैनपुर गाउँपालिका–३ स्थित राम चरित्र भगत माध्यमिक विद्यालयमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय प्रसाद चौहानले बिहीबार आकस्मिक (छड्के) अनुगमन गरेका छन्।

अनुगमनका क्रममा चौहानले विद्यालयको पठन–पाठन, शिक्षक उपस्थिती र विद्यार्थी अनुशासनको अवस्थाबारे जानकारी लिए। उनले विद्यालय सुधारका लागि शिक्षक र विद्यार्थी दुवैले अनुशासनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै अनुशासन उल्लंघन गर्ने विद्यार्थीमाथि आवश्यक कारबाही गर्न विद्यालयका प्रधानाध्यापक मनोज यादवलाई निर्देशन दिए।

विद्यालयमा विद्यार्थीहरूले मोबाइल फोन ल्याउने र त्यसको दुरुपयोग गर्ने गुनासो प्राप्त भएपछि प्रधानाध्यापक यादवले विद्यालय परिसरभित्र मोबाइल ल्याएको फेला परे जफत गरिने चेतावनी विद्यार्थीहरूलाई दिएका छन्।

शिक्षा शाखा प्रमुख चौहानले गाउँपालिकाको तर्फबाट विद्यालयको पठन–पाठन सुधार, उपस्थितिमा कडाइ र शिक्षण गुणस्तर उन्नयनका लागि नियमित अनुगमन गरिने बताए।


सम्बन्धित समाचार