Logo

२७ कात्तिक,काठमाडौं । दक्षिणी पेरुको अरेक्विपा पहाडी क्षेत्रमा बस भिरबाट खस्दा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। स्थानीय अधिकारीहरूले बुधबार उक्त दुर्घटनाबारे जानकारी दिएका हुन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार दुर्घटनास्थलमा रहेका अग्निनियन्त्रकहरूलाई उद्धृत गर्दै अरेक्विपाका क्षेत्रीय स्वास्थ्य प्रमुख वाल्थर ओपोर्टोले भने, “मृत्यु हुनेमध्ये ३६ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको” बताए।

दुर्घटनाग्रस्त बस राजधानी लिमा जाने क्रममा खसेको बताइएको छ। उद्धारका लागि स्थानीय प्रहरी, स्वास्थ्यकर्मी र अग्निनियन्त्रकहरू खटिएका छन्।

यो दुर्घटना हालैका वर्षहरूमा ल्याटिन अमेरिकामा भएका सबैभन्दा भीषण बस दुर्घटनामध्ये एक भएको बताइएको छ। पेरुका पहाडी र घुमाउरा सडकमा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन्।


सम्बन्धित समाचार