Logo

२७ कात्र्तिक, काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी संरचनाहरूको पुनर्निर्माण र सञ्चालन कार्यले तीव्र गति लिएको पाइएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदै आन्दोलनबाट क्षतिग्रस्त भएका कुल ४६५ प्रहरी बिटहरूमध्ये ४४८ वटा लाई हालसम्म सञ्चालनमा ल्याइसकिएको जानकारी दिए ।

सरकार गठन हुँदा शान्ति सुरक्षाको अवस्था केही अन्योलपूर्ण रहेको स्वीकार गर्दै गृहमन्त्री अर्यालले हालसम्म आइपुग्दा दुई महिनाको छोटो अवधिमा मुलुकको शान्ति सुरक्षालाई सामान्य अवस्थामा फर्काउन सफल भएको दाबी गरे । आन्दोलनले ठूलो क्षति पुर्‍याएका संरचनाहरूको पुनर्स्थापनाले शान्ति सुरक्षा कायम राख्ने नेपाल सरकारको प्रयासलाई थप बल पुगेको उनको भनाइ छ ।


सम्बन्धित समाचार
भर्खरै