Logo

२७ कात्र्तिक, काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सूची दर्ता प्रक्रियालाई अभूतपूर्व रूपमा सहज बनाउने निर्णय गरेको छ ।

अब राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकहरूको हकमा नाम दर्ताका लागि परिचयपत्र बनाउँदा लिइएको जैविक तथ्यांक (बायोमेट्रिक्स) लाई प्रयोग गरिने भएको छ । मतदाता सूचीमा नाम लेखाउनेहरूको अत्यधिक चाप बढेपछि त्यसलाई व्यवस्थापन गर्न आयोगले यो महत्त्वपूर्ण निर्णय गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

बिहीबार जेन–जी युवाहरू समेतको उपस्थितिमा आयोगले राष्ट्रिय परिचयपत्रबाट बायोमेट्रिक विवरण प्रयोग गर्ने प्रणालीको परीक्षणसहित औपचारिक शुभारम्भ गरेको छ । कार्यवाहक आयुक्त भण्डारीका अनुसार, यो व्यवस्था लागू भएपछि राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकहरूले मतदाता नामावली दर्ताका लागि घरबाटै अनलाइन फारम भर्न सक्नेछन् र बायोमेट्रिक गराउन जिल्ला निर्वाचन कार्यालयमा धाउनुपर्ने बाध्यता हट्नेछ ।

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार सिंहदरबारमा आयोगका पदाधिकारी र राष्ट्रिय पञ्जीकरण विभागका अधिकारीहरूबीच बसेको बैठकले यस्तो सहज व्यवस्था लागू गर्ने निर्णय गरेको थियो ।


सम्बन्धित समाचार
भर्खरै