Logo

 २७ कात्तिक,काठमाडौं । जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा हाल इलामबाट उद्धार गरिएको कालो चितुवा (प्यान्थर) प्रदर्शनीका लागि राखिएको छ। सो पोथी चितुवा २०२५ सेप्टेम्बरमा चिडियाखानामा ल्याइएको थियो।

पशु चिकित्सकको निगरानीमा उपचार भइरहेको चितुवा अहिले सर्वसाधारणले हेर्न पाउने गरी खुला गरिएको छ।

चिडियाखानाका अधिकारीहरूले जानकारी दिएअनुसार, कालो चितुवा कुनै छुट्टै प्रजाति होइन, सामान्य चितुवामै हुने ‘मेलानिज्म’ नामक आनुवंशिक कारणले शरीरमा कालो रङको अत्यधिक मात्रा देखिने भएको हो।

सार्वजनिक अवलोकनमा राखिएको यो चितुवा वन्यजन्तु संरक्षण र अध्ययनका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।


सम्बन्धित समाचार