Logo

२७ कात्र्तिक, काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले प्रहरी र सशस्त्र प्रहरीबाट लुटेका हतियारहरूमध्ये ठूलो संख्यामा फिर्ता ल्याइएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिलाई जानकारी गराउँदै प्रदर्शनका क्रममा हराएका र लुटिएका कुल हतियारमध्ये ७१८ थान सुरक्षाकर्मीहरूले फिर्ता ल्याउन सफल भएको बताए ।

मन्त्री अर्यालका अनुसार, फिर्ता हुन बाँकी रहेका हतियारहरूलाई सुरक्षाकर्मीको नियन्त्रणमा लिनका लागि सुरक्षा निकायहरूबाट संयुक्त अपरेसन सञ्चालन गरिएको छ । उनले हतियार खोजी कार्यलाई अझै तीव्र बनाइएको उल्लेख गर्दै बाँकी हतियार पनि चाँडै नियन्त्रणमा लिइने विश्वास व्यक्त गरे ।


सम्बन्धित समाचार
भर्खरै