२७ कात्तिक, वीरगञ्ज। डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशलाई स्वायत्त प्रदेश घोषणा गर्न माग गर्दै बिहीबार प्रदर्शन गरेको छ। पार्टीका नेताकार्यकर्ताहरूले सप्तरीमा आयोजित प्रदर्शनमा मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्न विभिन्न नाराहरू सहित प्लेकार्ड प्रदर्शन गरे।
प्रदर्शनमा सहभागीहरूले नाराबाजी गर्दै प्रदेशमा प्रहरी र कर्मचारी पूर्णतः प्रदेश मातहत कायम गर्न, संघ सरकार मातहत रहेका सीडीओ र एसपी फिर्ता गर्न, दमन र शोषण बन्द गर्न तथा संघीय सरकारको हस्तक्षेप रोकिने माग राखेका थिए।
जनमत पार्टीका नेताहरूले प्रदेशको स्वायत्तता सुनिश्चित गर्नु वर्तमान राजनीतिक आवश्यकताको विषय भएको बताए र नागरिकहरूको अधिकार सुनिश्चित गर्न सरकारमाथि दबाव बढाउने संकेत पनि दिएका छन्।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।















