Logo

२७ कात्तिक,वीरगञ्ज । भास्कर हर्वास्युटिकल्स प्रा. लि.ले वीरगञ्ज महानगरपालिकालाई पाँच थान ल्यापटप सहयोग गरेको छ।

गएको भदौ २३ र २४ गते ‘जेन्जी’ आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवन र कार्यालय सामग्रीहरू नष्ट भएका थिए। त्यसपछि प्रशासनिक काममा कठिनाइ भएपछि सामाजिक उत्तरदायित्वअनुसार उद्योगले महानगरलाई ल्यापटप उपलब्ध गराएको हो।

बिहीबार आयोजित कार्यक्रममा उद्योगका प्रतिनिधि शम्भु अग्रवालले ल्यापटप मेयर राजेशमान सिंहलाई हस्तान्तरण गर्दै भने, “वीरगन्ज हाम्रो समुदाय हो, र यस समुदायको पुनःस्थापनामा योगदान दिन पाउनु हाम्रो दायित्व हो।”

मेयर सिंहले सहयोगप्रति आभार व्यक्त गर्दै भने, “भदौको घटनापछि सेवा प्रवाहमा चुनौती आएको थियो। यस्ता सहयोगहरूले महानगरको पुनःस्थापनामा ठूलो सहयोग पुर्‍याइरहेका छन्। हामी दातृ संस्था र उद्योगसँग सहकार्यमा अघि बढ्नेछौं।”

यसअघि पनि सूर्य नेपाल प्रा. लि., वीरगञ्ज उद्योग वाणिज्य संघ, एन.पी.एल. समाज कल्याण संस्था, औषधी व्यवसायी संघ, के.एन.पी. जापान र बृटानियाले ल्यापटप, कम्प्युटर, प्रिन्टर र अन्य कार्यालय सामग्री सहयोग गरिसकेका छन्।

महानगरले यस्ता सहकार्य र सहयोगमार्फत सेवा पुनःस्थापना र डिजिटल प्रशासन प्रणाली सुदृढ गर्ने लक्ष्य लिएको जनाएको छ।


सम्बन्धित समाचार