Logo

२७ कात्तिक,बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउने आदेश दिएको छ। सूचना अधिकृत रामबहादुर कुँवरले जानकारी दिए।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा लामिछानेसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ। लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेश गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो। जोशीले पनि बिगोबापत जमानत पेश गरेका थिए।

दुवै प्रतिवादीको हकमा भाग अनुसारको बिगो रकम निश्चित नभएकाले रिहा नहुने आदेश भएको र त्यसविरुद्ध उनीहरूले उच्च अदालतमा निवेदन दिएका थिए।

हाल लामिछाने पूर्पक्षका लागि नख्खु कारागारमा छन् भने छविलाल जोशी भैरहवा कारागारमा छन्।


सम्बन्धित समाचार