Logo

२८ कात्तिक, काठमाडौं । अघिल्लो दिन प्रतितोला ५ हजार ९ सय रुपैयाँले उकलेको सुनको मूल्य शुक्रबार भने ५ सय रुपैयाँमात्र घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। यो मूल्य अघिल्लो दिनको २ लाख ५० हजार २ सय रुपैयाँभन्दा ५०० रुपैयाँले कम हो।
यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उचाइ २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघले शुक्रबारका लागि चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ तोकेको छ, जसले अघिल्लो दिनको ३ हजार ३४५ रुपैयाँभन्दा ६० रुपैयाँ कम रहेको छ।
चाँदीको मूल्य पनि असोज ३१ गते ३ हजार ३५० रुपैयाँ पुगेर हालसम्मकै उच्च बिन्दु छुन सफल भएको थियो।

सुन–चाँदीको भाउमा आएको उतार–चढाव पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको अस्थिरतासँग सम्बन्धित रहेको व्यापारीहरूले बताउँदै आएका छन्।


सम्बन्धित समाचार