२८ कात्तिक,काठमाडौं । जेन–जी मुभमेन्ट अफ अलायन्सका अगुवा अमित खनालका अनुसार प्रधानमन्त्री कार्कीलाई आज बिहान ११ बजेपछि औपचारिक रूपमा दस्तावेज बुझाउने तयारी गरिएको हो। उनका अनुसार जेन–जी मुभमेन्ट अफ अलायन्स, द काउन्सिल अफ जेन–जी र जेन–जी फन्ट, घाइते तथा सहिद परिवारका प्रतिनिधिहरूबीच सहकार्य गर्दै विगत एक सातादेखि माग तथा सुझावहरू समेटिएको सम्झौतापत्र तयार पारिएको छ।
खनालले तीन समूहबीच लामो छलफल र समन्वयपछि तयार पारिएको पत्रले करिब ९० प्रतिशत जेन–जी युवाको आवाज समेटिएको दाबी गरेका छन्। केही प्रतिनिधिहरू आउन नसकेको भए पनि सबैलाई सहभागिताका लागि आग्रह गरिएको उनले बताए।
सम्झौतापत्र प्रधानमन्त्री कार्कीलाई बुझाइसकेपछि आन्दोलनका माग सम्बोधन गर्न तथा आन्दोलनलाई संस्थागत गर्ने सम्बन्धमा सरकारले तत्परता देखाउनु पर्ने जेन–जी पक्षको अपेक्षा छ।
खनालले भने, “हामी सबै एउटै मोर्चामा उभिएका छौं। आज प्रधानमन्त्रीलाई पत्र बुझाएपछि अब उहाँले हाम्रो मागलाई सम्बोधन गर्नुहुन्छ भन्ने विश्वास छ।”















