Logo

२८ कात्तिक,पोखरा । न्यूजिल्याण्डका खेलाडी जिम्मी निशमले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले सामाजिक सञ्जालमार्फत् उनलाई अनुबन्ध गरेको जानकारी दिएको छ।

पहिलो संस्करणमा जिम्मी जनकपुर बोल्ट्सबाट खेलेका थिए र बलिङ तथा ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई उपाधि जिताउन योगदान पुर्‍याएका थिए। तर, आईसीसीको नियमअनुसार पहिलो संस्करणजस्तै दोस्रो संस्करणमा पनि प्रत्येक टोलीले चार जना मात्र सक्रिय टेस्ट राष्ट्रका खेलाडी राख्न सक्ने व्यवस्था भएकोले जनकपुर बोल्ट्सले उनीलाई भित्र्याउन सकेन।

हाल न्यूजिल्यान्डबाट टी–२० खेलिरहेका जिम्मी सक्रिय खेलाडीका श्रेणीमा पर्छन्। यस कारण पोखराले उनलाई अनुबन्ध गर्ने अवसर पाएको हो। एनपीएलमा रहेका आठ फ्रेन्चाइजी टोलीमध्ये केवल चार टोलीले मात्रै सक्रिय खेलाडी खेलाउन पाउने छन्। गोलाप्रथाबाट निर्णय गर्दा जिम्मी जनकपुर बोल्ट्सको भागमा नपरेकोले उनी पोखरामा खेल्ने भएका हुन्।


सम्बन्धित समाचार