Logo

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार सिंगापुरबाट स्वदेश फर्किने भएका छन्। उनका निकट एक नेताले उनको फर्कने जानकारी पुष्टि गरेका छन्।

देउवा १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवासँगै उपचारका लागि सिंगापुर गएका थिए। उनी दम्पती जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा घाइते भएका थिए।

२४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक भएका थिए। सोही बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका थिए।


सम्बन्धित समाचार