२८ कात्तिक,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोनमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउने समय सीमा केही समय थप्न आग्रह गरेकी छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, कार्कीले फोनमा कुरा गर्दै मतदाता नामावलीमा हाल नाम लेखाउनेहरूको संख्या बढ्दै गएको र अनलाइन दर्ता प्रणालीमा लोड बढिरहेको जानकारी दिएका छन्। यसलाई मध्यनजर गर्दै समय थप्न आग्रह गरिएको हो।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पनि सकारात्मक प्रतिक्रिया दिएको रावलले बताए। आयोगले उमेर पुगेका भए पनि मतदाता नामावलीमा नाम नभएकाहरूलाई ३० कात्तिकसम्म दर्ता गर्ने समयसीमा तोकेको थियो।
प्रधानमन्त्रीको पहलले निर्वाचन तयारीमा अझ सहजता र सबै योग्य मतदाताले नाम दर्ता गर्न पाउने वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ।
















