२८ कात्तिक,वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका वडा नं ७, बलुवा टोलमा नव–निर्मित श्री शोभा रामचन्द्र आधारभूत विद्यालयको भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। विद्यालय भवनको उद्घाटन प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले एक विशेष समारोहका बीच गर्नुभयो।
समारोहमा गाउँपालिकाका उपाध्यक्ष किरण देवी, प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साह, विद्यालयका प्रधानाध्यापक अनोज़ यादव, वडा अध्यक्ष लालबाबु मुखिया, हिदय साह, सन्तोष साह, इस्लाम मियाँ, शिक्षा शाखा प्रमुख सन्तोष साह, लेखापाल प्रेमबाबु प्रसाद, शिक्षक–शिक्षिका तथा स्थानीय समाजसेवीको उत्साहपूर्ण सहभागिता रहेको थियो।
कार्यक्रमको क्रममा विद्यालयको स्थापना र पूर्वाधार विकासले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको थियो। वक्ताहरूले ग्रामीण भेगमा शैक्षिक पूर्वाधार सुदृढ हुनुको महत्त्व उल्लेख गर्दै, विद्यालयले स्थानीय बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।

















