Logo

२९ कात्तिक,काठमाडौं । निर्वाचन आयोगले आज शनिवारदेखि राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीका लागि अनलाइनमार्फत् मतदाता नामावलीमा नाम दर्ता आवेदन गर्न सकिने व्यवस्था लागू गरेको छ। आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर नभएका नागरिकले भने आज आवेदन दिन सक्ने छैनन्।

आयोगले पहिल्यै आवेदन भरेका नागरिकले सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर जैविक विवरण (बायोमेट्रिक) दिने प्रक्रिया भने यथावत् सञ्चालन रहने जानकारी गराएको छ। साथै सबै प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई जैविक विवरण सङ्कलन सेवा पूर्ववत् सञ्चालनमा राख्न निर्देशन दिइएको छ।

राष्ट्रिय परिचयपत्रका विवरणका आधारमा अनलाइन दर्ता मिल्ने व्यवस्था आएलगत्तै आवेदनको चाप बढेको आयोगले जनाएको छ। नागरिकको सहजताका लागि आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि तोकिएको समय पाँच दिन थप गर्दै मंसिर ५ सम्म पुर्याएको छ।

यसअघि तोकिएको समय कात्तिक ३० सम्म रहेको थियो। प्रधानमन्त्री सुशीला कार्कीले हिजो आयोगलाई समय थप्न आग्रह गरेपछि सो निर्णय गरिएको बताइन्छ।


सम्बन्धित समाचार