Logo

२९ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले आज दिउँसो ३ बजे सर्वदलीय बैठक बोलाएका छन्। सभामुखका प्रेस सल्लाहकार अवधेश कामतका अनुसार बैठक सबै दलका प्रतिनिधि सहभागी हुने गरी आह्वान गरिएको हो।

यसबीच, प्रदेश भवन अगाडि सात दलका नेता र कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनका क्रममा शान्ति सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

प्रदेश राजनीतिको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै बैठक र प्रदर्शन दुवै क्षेत्रको निगरानी र व्यवस्थापनमा सुरक्षाकर्मी सक्रिय छन्।


सम्बन्धित समाचार