Logo

२९ कात्तिक,वीरगञ्ज ।मधेस प्रदेशका उपसभामुख बबिता कुमारी राउत ईशरले आज प्राङ्गणमै प्रदेशसभा बैठक सञ्चालन गरेकी छन्।

बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले बैठक बोलाउने प्रस्ताव राखेका थिए। उपसभामुख ईशरले कर्मचारी अभाव र अन्य व्यवस्थापनसम्बन्धी समस्या रहेको जानकारी दिइन्।

यसैबीच, पूर्वमुख्यमन्त्री समेत रहेका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले खुला ठाउँमै बैठक आह्वान गर्न सुझाव दिएका थिए। सो अनुरूप, हाल प्रदेशसभा बैठक प्राङ्गणमै भइरहेको छ।

यसअघि सात दलका प्रदेश सांसदहरू लगभग एक घण्टा प्रदेशसभा भवन अगाडिको प्राङ्गणमै बसेका थिए।


सम्बन्धित समाचार