Logo

प्रतिकात्मक चित्र

३० कात्तिक,मकवानपुर  । मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बागमती प्रदेश ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकलका चालक ३९ वर्षीय वीरबहादुर गुरुङ (हेटौँडा उपमहानगरपालिका–२, चौकी टोल) र पछाडि सवार ३५ वर्षीय चन्द्रबहादुर गुरुङ (पूर्वी नवलपरासी, कावासोती नगरपालिका–१३)को घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार, दुर्घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।


सम्बन्धित समाचार