Logo

३० कात्तिक,वीरगञ्ज । मधेश प्रदेशसभाबाट पाँच सांसदलाई नियमित १० बैठकमा अनुपस्थित भएको भन्दै सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेपछि ती सांसदहरूले रिट लिएर सर्वोच्च अदालत पुगेका छन्।

सांसदहरू उर्मिला देवी सिंह, मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा. कलवार र शारदाशंकर प्रसाद कलवारको पद २०८२ कात्तिक २७ गतेदेखि रिक्त भएको सूचना प्रदेशसभाले प्रकाशित गरेको थियो। सोही सूचना नेपाल राजपत्रमा पनि प्रकाशित भइसकेको छ।

सांसदहरूले पेश गरेको रिट निवेदन हाल दर्ता हुने प्रक्रियामा रहेको छ। रिटमा उनीहरूले सभामुखको निर्णयलाई चुनौती दिएका छन्।

प्रदेशसभाबाट पदमुक्त हुने यो घटना राजनीतिक रुपमा चासोको विषय बनेको छ र सर्वोच्च अदालतको निर्णयमा सबैको ध्यान केन्द्रीत रहेको छ।


सम्बन्धित समाचार