Logo

हालै गठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो भावी कार्यदिशा र सांगठनिक कार्यक्रम तय गर्नका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अनौपचारिक बैठक आयोजना गरेको छ ।

आइतबार बसेको यस बैठकमा उपलब्ध केन्द्रीय पदाधिकारीहरू सँगै प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति रहेको छ । बैठकमा विशेष गरी प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रमहरू सञ्चालन गर्नेबारे गहन छलफल भएको छ । यसका साथै, उक्त कार्यक्रमहरू आयोजना गर्ने उपयुक्त स्थान र समय निर्धारण गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको पार्टीले जनाएको छ ।


सम्बन्धित समाचार