Logo

१ मंसिर,काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले उच्च सुरक्षा सतर्कता अपनाउने भएको छ। गृह मन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकले देशभर कडा सुरक्षा व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

बैठक अनुसार देशभर करीब ३ लाख १४ हजार सुरक्षाकर्मी खटाइनेछन्। यसै क्रममा १ लाख ३० हजार म्यादी प्रहरी समेत थप भर्ना गरिनेछ।

निर्वाचन सुरक्षामा नेपाली सेना ७९ हजार, नेपाल प्रहरी ७२ हजार, र सशस्त्र प्रहरी ३३ हजार जनशक्ति परिचालन गरिनेछ।
सुरक्षा निकायहरूलाई मतदान केन्द्रदेखि अत्यधिक संवेदनशील क्षेत्रसम्म तहगत रूपमा खटाइनेछ, जसले शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्ने सरकारको लक्ष्य रहेको छ।

गृह मन्त्रालयका अनुसार सुरक्षाका सबै निकायहरूबीच प्रभावकारी समन्वय गर्दै सम्भावित जोखिम रोकथाम तथा व्यवस्थापनका लागि विशेष योजना लागू गरिनेछ।


सम्बन्धित समाचार