Logo

 १ मंसिर,काठमाडौं ।  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा आजदेखि सुरु भएको छ। ईपीएस शाखाका सूचना अधिकारी राजकिशोर शाहका अनुसार परीक्षा विहान साढे ९ बजेदेखि सञ्चालनमा आएको हो।

पहिलो चरणमा उत्पादन क्षेत्रका उम्मेदवारहरू सहभागी हुँदैछन्, जसका लागि ६७ हजारले आवेदन दिएका छन्। सन् २०२५ मा कोरिया जान चाहने नेपालका कुल १ लाख २ हजार ५ सय १५ परीक्षार्थीमध्ये पहिलो चरणमा उत्पादन क्षेत्रमा आवेदन दिने उम्मेदवारलाई प्राथमिकतामा राखिएको छ।

दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिने ३५ हजार जनाले परीक्षा दिनुपर्नेछ। ईपीएस शाखाले आगामी दुई महिनाभित्र भाषा परीक्षा सम्पन्न गर्ने तयारी गरेको छ।

दक्षिण कोरियाले १७ ईपीएस सदस्य देशमध्ये नेपालबाट सबैभन्दा धेरै श्रमिक लिनेसँगै यो प्रणाली नेपाली कामदारका लागि महत्वपूर्ण अवसरको रूपमा देखिएको छ।


सम्बन्धित समाचार