Logo

२ मंसिर, काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई खेल हुँदै छन्।

पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ। चितवनलाई कुशल मल्लले कप्तानी गर्नेछन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले सम्हाल्ने छन्। दुवै टोली प्रतियोगितामा विजयी सुरुआत गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् भने पोखरालाई कुशल भुर्तेलले नेतृत्व गर्नेछन्। चारै टोलीका लागि आजका खेल प्रारम्भिक चरणमै गति लिन महत्वपूर्ण मानिँदैछ ।

यसअघि सोमबारको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको थियो। सो जितसँगै काठमाडौंले अंकतालिकामा दुई अंक जोडिसकेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको फाइनल खेल मंसिर २७ मा हुनेछ। प्रतियोगिताका विजेताले रु १ करोड १० लाख प्राप्त गर्ने क्यानले जनाएको छ ।


सम्बन्धित समाचार