Logo

२ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज तोलामै करिब ४ हजार रुपैयाले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँ ले घटेको छ । मूल्य घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार प्रतितोला ३ हजार १५५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज घटेर ३ हजार ९० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको महासंघले जनाएको छ ।


सम्बन्धित समाचार