Logo

२ मंसिर,वीरगञ्ज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनिल रुङ्टा र वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले वीरगञ्ज–३२ चोर्नीमा स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै गाउँका विभिन्न समस्यामाथि विस्तृत छलफल गरेका छन् ।

दुवै नेताले स्थानीय नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै गाउँलेले दैनिक जीवनमा भोगिरहेका चुनौती, आवश्यकताहरू तथा विकास निर्माणसम्बन्धी अपेक्षाबारे जानकारी लिए । छलफलपछि उनीहरू गाउँका घुमी तथा स्थानीय बासिन्दाका घर–घरमा पुगेर विकास र सेवा–सुविधासम्बन्धी माग सुनेका थिए।

भेटघाट तथा छलफल कार्यक्रममा नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थितिले वातावरण अझ सक्रिय बनेको थियो।

स्थानीयवासीहरूले समस्या समाधानका लागि नेताहरूको प्रत्यक्ष उपस्थितिलाई सकारात्मक रुपमा लिँदै उत्साह व्यक्त गरेका छन्। उनीहरूले काँग्रेस नेतृत्वले उठाएका सरोकारका विषयमा शीघ्र पहल गरी आवश्यक कदम चालिदिन माग गरेका छन्।


सम्बन्धित समाचार