२ मंसिर,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आम जनता पार्टी (आजपा) को उपमहानगर स्तरीय भेला सम्पन्न भएको छ। सिमरास्थित होटल इच्छामा आयोजित भेलामा केन्द्रिय अध्यक्ष प्रभु साह प्रमुख अतिथि रहेका थिए।
भेलाले ७५ सदस्यीय उपमहानगर समिति गठन गरेको छ। समितिको अध्यक्षमा विनोद सहनी, उपाध्यक्षमा विनोद तमांग र रुसल कार्की, सचिवमा श्याम साह, सहसचिवमा धुरुप कुशवाहा, र कोषाध्यक्षमा सीमा बस्याल चयन भएका छन्।
सदस्यहरुमा दिपेन लामा, गोपाल गिरि, रामदरश कुशवाहा, शवि कुशवाहा, राजेस चौधरी, हिरालाल साह, बैजनाथ कुशवाहा लगायतका रहेका छन्। मधेस अध्यक्ष उमेश कुशवाहाले समितिको गठनको जानकारी दिएका छन्।
आजपाले यस समितिको गठनसँगै जीतपुरसिमरामा आफ्नो संगठनात्मक पहुँच बलियो बनाउने योजना रहेको बताएको छ।















